पाेखरा : गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको चौथो विज्ञप्ती अनुसार कास्की, बागलुङ, गोरखा र नवलपुरमामा ६ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का २८ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका वडा नं ३ का २३ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं ९ का ३५ र २२ वर्षीय पुरुष, नवलपुरको गैडाकोट नगरपालिका वडा नं ४ का ५२ वर्षीया महिला र देवचुली नगरपालिका वडा नं १० का २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं १७ का सङ्क्रमितलाई आइसोलेशन कक्षमा लैजाने गरिएको र अन्य जिल्लाका सङ्क्रमितलाई आइसोलेशन कक्षमा राखिसकिएको शर्माले बताउनुभयो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ५२ पुगेको छ ।