तनहुँका सबै पालिकाबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था मिलाउन रास्वपाको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सबै पालिकाबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था मिलाउन रास्वपाको माग

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८२, आईतवार

    दमौली, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले जिल्लास्थित सबै पालिकाबाट मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाउन माग गरेको छ । सो पार्टीले आइतबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सबै नगरपालिका र गाउँपालिकाबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन माग गरेको हो।

    आगामी फागुन २१ मा सम्पन्न हुने निर्वाचनका लागि मतदाता नामावली संकलन (दर्ता) को कार्य भइरहेको सन्दर्भमा जिल्लाका सबै स्थानबाट सदरमुकाम आई वायोम्याट्रिक गराउन असहज भएको हुदा गाउँ/नगरपालिका स्तरमा सो कार्यको व्यवस्था मिलाउन आवश्यक रहेको रास्वपा सभापति विश्व बास्तोलाले बताए ।

    बास्तालोले बुझाएको ध्यानाकर्षणपत्रमा चाडपर्वको अवसरमा बजारमा गुणस्तरहिन सामान बिक्रि बितरण भईरहेको, बिक्रि मुल्य अंकित नगरि मनपरी भईरहेको हुदा बजार अनुगमनलाई तीव्रता दिइ उपभोक्ताको स्वास्थ्य र हितको संरक्षण गर्न माग गरिएको छ ।

    जेनजी आन्दोलन पश्चात शान्तिसुरक्षाको अवस्था कमजोर भएको भन्ने बुझाइका बीच विभिन्न उश्रृङ्खल गतिविधि बढेको जनगुनासो आएको हुँदा सुरक्षा गस्ती बढाई देशमा सरकार छ भन्ने अनुभूति दिलाई उच्छृङ्खल गतिविधि नियन्त्रण गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।