


दमौली, ११ मंसिर । जेसीआइ व्यास नगरको अध्यक्षमा अजर नागिला (सुदीप) सर्वसम्मत चयन हुने भएका छन् । जेसीआइ व्यास नगरको अध्यक्षमा नागिलाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत हुने भएका हुन् ।
बिहीबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो । जेसीआइ व्यास नगरको अध्यक्षमा पूर्ण विक समेत प्रतिस्पर्धी थिए । तर अन्तिम समयमा सहमति भएको छ ।
जेसीआइ व्यास नगरको अधिवेशन शनिबार हुँदैछ ।
