एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    स्याङ्जा : एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनी रहेको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

    यसैगरी दुर्घटनामा चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र चालक सोही स्थानका ३१ वर्षीया सुरेन्द्र भण्डारी गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।