एमाले महाधिवेशनमा तनहुँबाट सात जना उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले महाधिवेशनमा तनहुँबाट सात जना उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८२, मंगलवार

    दमौली, १ पुस । नेकपा एमालेको ११ औ महाधिवेशनमा तनहुँबाट सात जना उम्मेदवार बनेका छन् । सोमबार उन्मेदवारी दर्ता रहेकामा सात जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

    पदाधिकारीको दावेदार रहेका किरण गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनी पार्टीको स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हुन् ।

    यसअघि तनहुँ इन्चार्ज रहेका केदार सिग्देलेले गण्डकी प्रदेश भूगोलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

    महिलातर्फ खुल्लामा भगवती न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन् । उनी यसअघि पनि केन्द्रीय सदस्य हुन् ।

    पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

    केन्द्रीय सल्लाहकार परिषद् सदस्य प्रतापलाल श्रेष्ठले जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

    गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य विष्णुभक्त सिग्देलले गण्डकी भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

    गण्डकी प्रदेश कमिटी सदस्य पूर्णबहादुर गुरुङले जनजाति तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।