एमालेको केन्द्रीय सदस्यमा तनहुँका चार जना निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको केन्द्रीय सदस्यमा तनहुँका चार जना निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    दमौली, ३ पुस । नेकपा एमालेको ११ औ महाधिवेशनमा तनहुँका चार जना निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । चार जना भने पराजित भएका छन् ।

    केन्द्रीय सदस्यमा खुल्ला क्षेत्रबाट १६२७ मत सहित किरण गुरुङ निर्वाचित भएका छन् । उनी यस अगाडी स्थायी कमिटी सदस्य हुन् ।

    यसअघि तनहुँ इन्चार्ज रहेका केदार सिग्देल १४९७ मत सहित गण्डकी भूगोलबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने १८७३ मत सहित दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

    पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान १५६० मत सहित खुल्ला क्षेत्रबाट निर्वाचित भएका छन् ।

    प्रतापलाल श्रेष्ठ, विष्णुभक्त सिग्देल, पूर्णबहादुर गुरुङ र शोभा गुरुङ भने पराजित भएका छन् ।