चोरी भएका मोटरसाइकल र स्कुटर फेला, सवारीधनीलाई जिम्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चोरी भएका मोटरसाइकल र स्कुटर फेला, सवारीधनीलाई जिम्मा

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    दमौली, १३ पुस । चोरी भएका एक थान मोटरसाइकल र एक थान स्कुटर फेला पारेर प्रहरीले सम्बन्धित सवारीधनीलाई बुझाएको छ।

    मंसिर २९ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ काउखोला निवासी निरु सुबेदीको पार्किङमा राखिएको ग १० प २७३३ नम्बरको स्कुटर तथा पोखरा महानगरपालिका–१० अमरसिंह निवासी गोविन्द कुमार शाहको पार्किङमा राखिएको ग १० प ७२०५ नम्बरको मोटरसाइकल हराएको भन्ने जानकारी प्रहरीमा प्राप्त भएको थियो।

    प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार तनहुँ जिल्ला व्यास नगरपालिका–२ स्थित दमौली बजारबाट उक्त सवारी साधनहरू फेला पारेको हो।

    फेला परेका मोटरसाइकल र स्कुटर आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।