रास्वपाको समानुपातिक बन्दसूचीमा तनहुँका तीन जना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपाको समानुपातिक बन्दसूचीमा तनहुँका तीन जना

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०८२, मंगलवार

    दमौली, १५ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा तनहुँका तीन जना समेटिएका छन्।

    रास्वपाको समानुपातिक बन्दसूचीमा तनहुँका मानकाजी श्रेष्ठ, डा. रुपक घिमिरे विक र किशोर गन्धर्वको नाम समावेश गरिएको हो। पार्टीले विभिन्न क्षेत्र, पेशा र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित बन्दसूची तयार गरेको जनाएको छ।

    मानकाजी आदिवासी जनजाति तथा रुपक र किशोर दलित क्लष्टरबाट बन्दसूचीमा परेका हुन् ।