तनहुँ ऑबुखैरेनीका घिमिरे रास्वपाको समानुपातिकमा दलिततर्फ पहिलो नम्बरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ ऑबुखैरेनीका घिमिरे रास्वपाको समानुपातिकमा दलिततर्फ पहिलो नम्बरमा

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०८२, मंगलवार

    काठमाडौं, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा दलित पुरुष क्लस्टरतर्फ डा. रुपक घिमिरे पहिलो नम्बरमा परेका छन् ।

    डा. घिमिरे पेसाले छाला रोग विशेषज्ञ हुन् । उनी काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरेका चिकित्सक हुन् ।

    हेयर ट्रान्सप्लान्ट (कपाल प्रत्यारोपण) मा विशेषज्ञता हासिल गर्न उनले भारत र कोरियाबाट तालिम लिएका छन् । उनले सात वर्ष काठमाडौं मेडिकल कलेज, सिनामंगलमा सहायक प्राध्यापकका रूपमा काम गरेका थिए ।

    उनी रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क मञ्चका संयोजक हुन् । घिमिरे तनहुँको आँबुखैरेनी गाउँपालिका–३ जन्मिएका हुन् । (अनलाइन खबर)