प्रहरी, स्वास्थ्यकर्मी सहित थपिए ३६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रहरी, स्वास्थ्यकर्मी सहित थपिए ३६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा बुधबार ३६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार तनहुँ, कास्की, लमजुङ, नवलपुरमा गरी ३६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमण पुष्टि हुनेमध्ये तनहुँको शुक्लागण्डकी नगरपालिकाका युवती पोखरास्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफनर्स, कास्कीको पोखरा महानगरपालिकाका २० जना नेपाल प्रहरी, लमजुङको सुन्दरबजारका एक पुरुष ओमानबाट आएको र ४९ वर्षीया महिला किराना पसल सञ्चालक रहेको खुलेको छ । बाँकी सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    कोरोना पुष्टिहुने मध्ये तनहुँको शुक्लागण्डकी नगरपालिका–१ का २६ वर्षीया महिला, व्यास नगरपालिका–६ का २४ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–१७ का ४२, ३७, ३५, ३६, ३५, ३७, २५, २६, २२, २७, २१, २८, २३, २१, २१, ३१, ३८, २८, २४, ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै पोखरा महानगरपालिका–१४ का ३०, ५७ वर्षीया महिला, पोखरा महानगरपालिका–१३ का २७ वर्षीय पुरुष कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    लमजुङको सुन्दरबजार नगरपालिका–९ का ४८ वर्षीय पुरुष, वडा नं २ का ४५, ४९ वर्षीया महिला र वडा नं २ का ५० वर्षीय पुरुष, नवलपुरको विनयत्रिवेणी गाउँपालिका–४ का ३५, ४१ वर्षीया महिला, ५४, ४१ वर्षीया पुरुष, वडा नं ३ का ५८ वर्षीया महिला, गैडाकोट नगरपालिका–९ का ४० वर्षीया महिला, देवचुली नगरपालिका–१६ का ७६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ४६ पुगेको छ ।