भिमादमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    दमौली, १ चैत । तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    रिठ्ठाभञ्ज्याङ–सेराबेंशी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लोड गरी ठकुरी थरतर्फ जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुर घर भएका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो ।

    दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते भएका छन् । घाइतेहरु जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।