चट्याङले बाग्लुङमा एकजनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चट्याङले बाग्लुङमा एकजनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    बाग्लुङ : बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिनुभयाे ।

    चट्याङले दुई बाख्रा पनि मारेको छ। वर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाइतेलाई उपचारका लािग लैजान समस्या भैरहेको वडाअध्यक्ष बुढाले बताउनुभयाे । मृतकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लाने तयारी छ।