परासर सडक स्तरोन्नतिका लागि आज तनहुँसुर फिडर अन्तर्गत विद्युत् अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परासर सडक स्तरोन्नतिका लागि आज तनहुँसुर फिडर अन्तर्गत विद्युत् अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८२, सोमबार

    दमौली, २ चैत । परासर सडक स्तरोन्नति कार्य अन्तर्गत विद्युत् लाइन स्थानान्तरण गर्नका लागि आज (सोमबार) तनहुँसुर फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार फराकचौर, अधेरीभञ्ज्याङ, बेल्टारी, मुलपानी तथा तनहुँसुर आसपासका क्षेत्रमा बिहान १०:३० बजेदेखि बेलुका ५:०० बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

    निर्माणसम्बन्धी काम निर्धारित समयभन्दा छिटो सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै लाइन सुचारु गरिने पनि केन्द्रले जनाएको छ।