पाेखरा : गण्डकी प्रदेशमा बुधबार साँझसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २२ सय ७३ पुगेको छ । तीमध्ये १७ सय १२ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ । ५ सय ४६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा उपचाररत छन् ।
नवलपुरमा ४ सय ८३ सङ्क्रमित रहेकामा ३ सय ४१ निको भएका छन् । स्याङ्जामा ३ सय ११ सङ्क्रमित रहेकामा ३ सय ३ निको भएका छन् । बागलुङमा २ सय ९७ सङ्क्रमित रहेकामा २ सय ६९, कास्कीमा ३ सय ५६ सङ्क्रमित रहेकामा २ सय ४, तनहुँमा २ सय ८१ सङ्क्रमित रहेकामा २ सय ९, लमजुङमा २ सय ३४ सङ्क्रमित रहेकामा १ सय १३, गोरखामा १ सय ४१ सङ्क्रमित रहेकामा १ सय २०, पर्वतमा १ सय ९ सङ्क्रमित रहेकामा १ सय ३, म्याग्दीमा ५० सङ्क्रमित रहेकामा ४८, मनाङमा ५ सङ्क्रमित रहेकामा एक र मुस्ताङमा एक सङ्क्रमित रहेकामा एक निको भएका छन् ।
नवलपुरका एक, स्याङ्जाका २, बागलुङका एक, कास्कीका ५, तनहुँका २, गोरखाका तीन र म्याग्दीका एक सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर ०.६६ प्रतिशत रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै ७५.५८ प्रतिशत निको भएका छन् ।