बागलुङ बाढी अपडेट: दुई जनाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बागलुङ बाढी अपडेट: दुई जनाको शव फेला

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    बागलुङ: बागलुङमा बाढीले घरहरू बगाउदा ३० जना भन्दा बढी बेपत्ता भएका छन्।ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष दिपक थापाका अनुसार ३० जना भन्दा बढी सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

    थापाका अनुसार दुई जनाको शव  फेला परेको छ भने बाढीले बस्ती नै बगाएको छ।बुधबार राति करिब १०-११ बजे भारी वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ हुदैँ बग्ने भुजि खोलाले घरहरू बगाएको हो।

    प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले घटना भएको जानकारी आएपछि राति नै उद्दार तथा बेपत्ताको खोजीको लागि नेपाली सेना तथा नेपाल प्रहरीको टोली खटाएको बताउनुभयो ।’नेपाली सेना र प्रहरी परिचालन भइसकेको छ। त्यहाँ पुग्न सदरमुकामबाट ६-७ घण्टा लाग्छ मेरो नेतृत्वमा हामी त्यहाँ जादैँ छौं,’ उहॉले भन्नुभयो ।