नयाँ वर्षमा छाब्दीवाराही मन्दिरमा भक्तजनको घुइँचो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ वर्षमा छाब्दीवाराही मन्दिरमा भक्तजनको घुइँचो

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८२, मंगलवार

    दमौली, १ वैशाख । नयाँ वर्षको अवसरमा व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरमा आज पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि मन्दिरमा देशका विभिन्न ठाउँबाट भक्तजन आएका हुन् ।

    मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आएको स्थानीय युवा अविनाश पन्थले जानकारी दिए। भक्तजनका भीडका कारण यहाँका स्वयंसेवकले लाइन व्यवस्थापनमा सघाएका छन् ।

    May be an image of Batu Caves and temple
    May be an image of templeMay be an image of one or more peopleMay be an image of one or more people and templeMay be an image of temple

    यहाँ वार्षिक ६÷७ लाख भक्तजन आउने गरेको छाब्दी वाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए।

    सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिर गत वर्षमात्रै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ । छाब्दी वाराही मन्दिरमा शनिबारमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गर्ने गरेका छन् । दसैं तिहारका बेला मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।