सफासडक पार्किङ विवाद : परीक्षणकाल अवधिभर सहयोग गर्न नगर प्रमुखको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सफासडक पार्किङ विवाद : परीक्षणकाल अवधिभर सहयोग गर्न नगर प्रमुखको आग्रह

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८३, सोमबार

    दमौली, ११ जेठ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सफासडक पार्किङका विषयमा परीक्षणकाल अवधिभर सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन् । सोमबार नगरपालिकामा आयोजित छलफलका क्रममा नगरप्रमुख न्यौपानेले सफासडकमा पार्किङ निषेधका विषयमा व्यवसायीले विरोध जनाएको सन्दर्भमा परीक्षणकाल अवधिभर सहयोगका लागि आग्रह गरेका हुन् ।

    नगरप्रमुख न्यौपानेले यो अन्तिम निर्णय नभएकाले जहाँ जहाँ समस्या आउँछ त्यसलाई समाधान गर्दै जाने बताए । उनले भने, “यो अन्तिम निर्णय होइन । परीक्षणकाल भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्छु । समस्या समाधान गर्दै अगाडी बढ्न हामी तयार छौ ।”

    नगरपालिकाले आइतबारदेखि लागु हुने गरी सफासडकमा पार्किङ निषेध गरेको छ । सोको विरोधमा आइतबार नै व्यवसायीले विरोध प्रदर्शन गरेका थिए ।

    नगरपालिकाले जेठ १० गतेदेखि १५ दिनसम्मका लागि परीक्षणकाल ताेकेकाे छ ।