तनहुँमा २४ घण्टामा दुई सवारी दुर्घटना, पाँच जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा २४ घण्टामा दुई सवारी दुर्घटना, पाँच जना घाइते

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८३, बुधबार

    दमौली, २७ जेठ । तनहुँ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २६ गते बिहान ६ः०० बजेदेखि २७ गते बिहान ६ः०० बजेसम्म भएका दुर्घटनामा पाँच जना घाइते भएका छन्।

    दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने एक जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    दुर्घटनामा संलग्न दुई वटा सवारी साधनमध्ये एक ट्रक र एक कारमा क्षति पुगेको छ।

    प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई सावधानीपूर्वक सवारी सञ्चालन गर्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।