तनहुँमा अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने आठ सवारी साधन नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने आठ सवारी साधन नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८३, सोमबार

    दमौली, १ असार । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न सवारी साधनमाथि निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जेठ २८ गतेदेखि असार १ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अनुगमनका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न ८ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो । स्थानीय तहले गरेको कारबाहीबाट ती सवारी साधनहरूबाट कुल रु एक लाख ३६ हजार जरिवाना असुल गरी छाडिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    प्राकृतिक स्रोत–साधनको अनधिकृत उत्खनन तथा दोहन नियन्त्रणका लागि यस्ता निगरानी र कारबाहीका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।