दासढुंगामा म्याजिक र स्कोरपियो दुर्घटनामा आठ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दासढुंगामा म्याजिक र स्कोरपियो दुर्घटनामा आठ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १ असार २०८३, मंगलवार

    चितवन, २ असार । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडक-खण्डमा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन् ।

    म्याजिकमा सवार घाइते हुनेमा जिल्ला नवलपरासी गैंडाकोट न.पा.४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, सोहि ठेगाना बस्ने २८ वर्षीया मनिसा आले, निजको २० महिनाको छोरा पिन्स आले, जिल्ला चितवन भरतपुर म.न.पा १ बस्ने २७ वर्षीया सिता दानि, जिल्ला चितवन इच्छाकामना गा.पा.-०६ बस्ने २४ वर्षीया रचना गुरुङ, सोहि ठेगाना बस्ने ५३ वर्षीय कान्छा दागि रहेका छन् ।
    स्कर्पियोमा सवार घाइते हुनेमा जिल्ला सर्लाही हरिवन न.पा.-०८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र निजको श्रीमान ५३ वर्षीय शषि भसाल अग्रवाल रहेका छन् ।

    घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भईरहेको छ । म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–०४ बस्ने ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–०२ बस्ने ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।