सर्च एण्ड स्विप अपरेसनमा २२ जना शंकास्पद व्यक्ति नियन्त्रणमा, ३ जनामाथि थप अनुसन्धान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्च एण्ड स्विप अपरेसनमा २२ जना शंकास्पद व्यक्ति नियन्त्रणमा, ३ जनामाथि थप अनुसन्धान

    खबरपुञ्ज संवाददाता

    २ असार २०८३, बुधबार

    दमौली, ३ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा २२ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    मंगलबार सञ्चालन गरिएको उक्त अभियानमा लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, प्राकृतिक स्रोत–साधनको अनधिकृत उत्खनन तथा ओसारपसार रोकथाम लगायतका विषयलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा व्यापक निगरानी तथा चेकजाँच गरिएको थियो।

    अभियानका क्रममा नियन्त्रणमा लिइएका २२ जना शंकास्पद व्यक्तिमध्ये ३ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । अन्य व्यक्तिहरूको आवश्यक सोधपुछ तथा पहिचान प्रक्रिया पूरा गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अघि बढाइएको उनले बताए ।

    जिल्लामा आपराधिक गतिविधि नियन्त्रण, सार्वजनिक सुरक्षा सुदृढीकरण तथा कानूनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।