म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाखको बजेट प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाखको बजेट प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८३, सोमबार

    दमौली, ८ असार । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ७४ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको साेमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

    विनियोजित बजेटमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको घिमिरेले जानकारी दिए ।

    विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट रु नौ करोड ९२, सशर्त अनुदानबाट रु ३९ लाख, चालुबाट रु १८ करोड, राजश्व बाँडफाँटबाट रु आठ करोड ७७, गण्डकी प्रदेश सरकारको प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजश्व बाँडफाटबाट रु ९० लाख, अनुदानबाट रु ९० लाख, सडक बोर्डबाट रु २३ लाख, आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट रु ७० लाख, विशेष अनुदानबाट रु एक करोड ४० लाख, सामाजिक सुरक्षाबाट रु १३ करोड, प्रदेश समपुरक अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ४० लाख, नागरिक साझेदारीबाट रु दुई करोड प्राप्त हुने अनुमान गरिएको घिमिरेले बताए ।

    आर्थिक विकास समितितर्फ रु चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ रु ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ रु २५ करोड ३९ लाख ६८ हजार चार सय ५०, वन वातावरण विपद् समितितर्फ रु ८७ लाख, कार्यालय सञ्चालन, सुशासन समितितर्फ रु १० करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।

    वडागत रुपमा वडा नम्बर १ का लागि रु ५० लाख ७५ हजार, वडा नम्बर २ का लागि रु ५५ लाख ३१ हजार, वडा नम्बर ३ का लागि रु ४५ लाख २ सय, वडा नम्बर ४ का लागि रु ५० लाख ७४ हजार, वडा नम्बर ५ का लागि र ४६ लाख दुई हजार, वडा नम्बर ६ का लागि रु ५१ लाख ७५ र वडा नम्बर ७ का लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल विनियोजित बजेटमध्ये ५६.०७ बजेट खर्च भएको घिमिरेले बताए । चालु वर्षको जेठ मसान्तसम्म चालुतर्फ ७०.५ प्रतिशत र पुँजीगततर्फ ३८.२९ प्रतिशत बजेट खर्च भएको उनले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५८.४६ प्रतिशत खर्च भएको थियो । जनताका आवश्यकता र माग ठूलो भएपनि सीमित स्रोत साधनको कमीका कारण सोचे अनुरुपको बजेट प्रस्तुत गर्न नसकिएको उपाध्यक्ष घिमिरेले बताए ।