भाग्यशाली ढुंगानाद्वारा योगी नरहरिनाथको नाममा आदिकवि भानुभक्त क्याम्पसमा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भाग्यशाली ढुंगानाद्वारा योगी नरहरिनाथको नाममा आदिकवि भानुभक्त क्याम्पसमा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८३, आईतवार

    दमौली, १४ असार । सामाजिक व्यक्तित्व भाग्यशाली ढुङ्गानाले तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा राष्ट्रगुरु योगी नरहरिनाथको स्मृतिमा ‘योगी नरहरीनाथ अक्षयकोष’ स्थापना गरेका छन्।

    ढुङ्गानाले रु. ५१ हजार ५ बराबरको अक्षयकोष स्थापना गर्दै उक्त रकम शनिबार आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारलाई हस्तान्तरण गरेका हुन्।
    ढुङ्गानाका अनुसार अक्षयकोषबाट प्राप्त ब्याज रकम आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा नेपाली/ संस्कृत विषय अध्ययनरत विपन्न, जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उपयोग गरिनेछ।

    कार्यक्रममा बोल्दै ढुङ्गानाले राष्ट्रगुरु योगी नरहरिनाथको शिक्षा, संस्कृति र राष्ट्रप्रतिको योगदानलाई स्मरण गर्दै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताए।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुनारले ढुङ्गानाको सहयोगप्रति आभार व्यक्त गर्दै अक्षयकोषले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई निरन्तर सहयोग पुग्ने विश्वास व्यक्त गरे।