तनहुँमा सर्च एण्ड स्विप अपरेसन : ५ जना शंकास्पद व्यक्ति नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्विप अपरेसन : ५ जना शंकास्पद व्यक्ति नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८३, सोमबार

    दमौली, १५ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको छ।

    अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत–साधनको अनधिकृत दोहन रोकथाम लगायतका क्षेत्रमा विशेष निगरानी र चेकजाँच गरिएको थियो।

    अभियानका क्रममा ५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न यस्ता सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने जनाएको छ।