


दमौली, ६ साउन । तनहुँको बन्दीपुरस्थित पर्यटकीय गन्तव्य मिनी ग्रेटवाल क्षेत्रमा बुधबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बन्दीपुरले सरसफाइ अभियान सञ्चालन गरेको छ।
पर्यटकको आकर्षण बढेसँगै उक्त क्षेत्रमा फोहोरसमेत बढ्न थालेपछि सरसफाइ अभियान सञ्चालन गरिएको नेकपाका नेता सुदिन पौडेलले जानकारी दिए।

उनका अनुसार पर्यटकीय क्षेत्रको स्वच्छता, सौन्दर्य र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। साथै, पर्यटक तथा स्थानीयलाई सार्वजनिक स्थल सफा राख्न र जथाभावी फोहोर नफाल्नसमेत आग्रह गरिएको छ।
