देवघाटबाट सिफारिस भई आएका १४ भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीको दावी विरोधका लागि सूचना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटबाट सिफारिस भई आएका १४ भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीको दावी विरोधका लागि सूचना

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८३, शुक्रबार

    दमौली, १५ साउन । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिकाबाट सिफारिस भई आएका १४ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीको नामावली प्रमाणीकरण उपर दाबी–विरोधका लागि सात दिने सार्वजनिक सूचना जारी गरेको छ।

    समितिका अनुसार देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका निवेदकहरूले आफ्नो तथा परिवारका सदस्यको नाममा नेपालभित्र कुनै जग्गा–जमिन नभएको, आफ्नै आय–आर्जन वा स्रोतबाट जग्गाको व्यवस्था गर्न असमर्थ रहेको, नेपाल सरकारबाट यसअघि कुनै प्रकारको जग्गा वा आवास सुविधा नपाएको तथा २०७६ माघ २८ गतेपछि आफ्नो वा परिवारका सदस्यको नाममा रहेको जग्गा बिक्री वा हक हस्तान्तरण नगरेको घोषणा गर्दै भूमिहीन दलित वा भूमिहीन सुकुम्वासीका रूपमा निःशुल्क जग्गा प्राप्त गर्न निवेदन दिएका थिए।

    उक्त विवरण जिल्ला समितिमा प्राप्त भइसकेकाले निवेदनमा कुनै त्रुटि भए निवेदक स्वयंले सच्याउन सक्ने तथा कुनै व्यक्ति वा निकायलाई दाबी–विरोध वा उजुरी गर्नुपर्ने भए सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रमाणसहित निवेदन दर्ता गराउन समितिले आग्रह गरेको छ।

    जिल्ला भूमि समस्या समाधान समिति तनहुँका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले वास्तविक भूमिहीन नागरिकले मात्र राज्यबाट प्रदान गरिने सुविधा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सार्वजनिक सूचना जारी गरिएको बताए।