ला लिगाकाे उपाधि रियललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगाकाे उपाधि रियललाई

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७७, शुक्रबार

    लालिगाकाे उपाधि रियल मड्रिडले हात पारेकाे छ । बिहीबार राति भएको खेलमा भियारियाललाई २-१ ले पराजित गर्दै रियलले उपाधि जितेकाे हाे । यद्यपि रियलले एक खेल खेल्न बाँकी छ । रियलको जितमा करिम बेन्जामाले दुवै गोल गरे । भियारियलका लागि भिसेन्टे आईबोराले एक गोल फर्काए । रियलका मार्काे असेन्सियोले गरेको गोल भिएआरले मान्यता दिएन । दोस्रो स्थानको बार्सिलोना भने ओसासुनासँग घरेलु मैदानमा २-१ ले पराजित भयो । बार्सिलोना पराजित भएपछि रियलले ७ अंकको अग्रता बनाएको छ । कप्तान लिओनल मेसीले गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।