तनहुँका पुल र सडकलाई सरकारको प्राथमिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका पुल र सडकलाई सरकारको प्राथमिकता

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार

    तनहुँ/सरकारले तनहुँ जिल्लाका पुल र सडक निर्माणका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष ०७७÷७८ लागि सरकारले जिल्लाका पुल र सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीय सडक पुल, रणनैतिक सडक पुल, सडक पूर्वाधार विकास, राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रम शीर्षकमा बजेट विनियोजन गरेको तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    स्थानीय सडक पुलतर्फ खैरेनीटारमा सेती नदीमाथि पुल निर्माणका लागि रु ४७ लाख ५० हजार, जिदीखोला पुल भीमादका लागि रु एक करोड, कालीगण्डकी नदीमा पुल निर्माणका लागि रु एक करोड, घुमाउनेस्थित त्रिशुली नदीमा पुल निर्माणका लागि रु ४७ लाख ५० हजार, मादी मस्र्याङ्दी पक्की पुलका लागि रु एक करोड, व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सेती नदी पुलका लागि रु ४७ लाख ५० हजार, व्यास नगरपालिका–३ शान्तिनगर र व्यास नगरपालिका–५ पाटन जोड्न मादी नदीमा पुल निर्माणका लागि रु ४७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

    भानु नगरपालिका–३ र गोरखा चाम्बास मस्र्याङ्दी नदी पुलका लागि रु ४७ लाख ५० हजार, तनहुँसुर र बसन्तपुर जोड्ने चुँदी खोलामा पुल निर्माणका लागि रु ४७ लाख ५० हजार, चोकचिसापानी र सुन्दरबजार जोड्ने छत्रेखोला पुल निर्माणका लागि रु ४७ लाख ५० हजार र व्यास नगरपालिका–५ चिन्तुटारमा पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन भएको छ ।

    सडक पूर्वाधार विकासतर्फ बन्दीपुर थारुबास कुवादी ढाँडखोला बुद्धसिं मार्गका लागि रु ४० लाख, दमौली छाब्दी मोटरमार्गका लागि रु ४० लाख, भीमाददेखि स्याङ्जा, चापाकोट हुँदै पाल्पाको रामपुर जोड्ने भीमकालीमार्गका लागि रु ४० लाख, श्रृङ्ग मार्गका लागि रु ४० लाख, शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जासम्मको ढोरवाराही मार्गका लागि रु ४० लाख, तुरतुरे हुँदै पालुङटार जोड्ने मार्गका लागि रु ४० लाख, छिम्केश्वरी मार्ग कालोपत्रेका लागि रु ४० लाख, दमौली बुल्दीखोला शिवालय मार्गका लागि रु ४० लाख, म्याग्दे गाउँपालिका–७ पिपलचौरदेखि गाउँपालिका भवनसम्मको मार्गका लागि रु ४० लाख, कालीमाटी लौडारीभञ्ज्याङ रतनपुर चन्द्रावती मार्गका लागि रु ४० लाख, व्यास नगरपालिका–७ कलेस्ती गजौडे बिर्ता सुङ्गुरेभञ्ज्याङ हुँदै भानु नगरपालिका–६ जोड्ने मार्गका लागि रु ४० लाख र ऋषिङ झापुटार भिरकोट सडक कालोपत्रेका लागि रु ४० लाख विनयोजन भएको छ ।

    राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत खैरेनीटार भीमाद भूमही कावासोती सडकका लागि रु चार करोड २० लाख र भीमाद रामपुर मित्याल आरुङखोला सडकलाई रु तीन करोड ७० लाख बजेट विनियोजन भएको छ ।

    यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् धार्मिक क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट विनियोजन भएको छ । वेदव्यास क्षेत्र पर्यटकीय पूर्वाधार विकासका लागि रु ५० लाख, चक्रवर्ती मणिमुकुन्देश्वरी मन्दिर परिसर देवघाटका लागि रु २० लाख, देवघाटस्थित प्याउली गढी संरक्षणका लागि रु १५ लाख, मिर्लुङकोट पर्यटन पूर्वाधार निर्माणका लागि रु १० दश, बौद्ध सदन गुम्बाका लागि रु एक लाख, छाब्दी मन्दिर पर्यटन पूर्वाधारका लागि रु दुई लाख ६५ हजार, बन्दीपुरस्थित मुकुन्देश्वरी गढीको अध्ययन प्रतिवेदन तयार गर्नका लागि रु दुई लाख बजेट विनियोजन भएको सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    शहरी विकास तर्फ दमौली सभा हल निर्माणका लागि रु एक करोड, डुम्रेमा यान्त्रिक कार्यालय भवन निर्माणका लागि रु ४० लाख, बन्दीपुरमा तीनधारा बनभोज स्थल निर्माणका लागि रु ५० लाख, व्यास नगरपालिका बसपार्क निर्माणका लागि रु ५० लाख, व्यासनगरपालिकाका मुख्य शहरी क्षेत्रमा नाला एवं सडक स्तरोन्नतीका लागि रु एक करोड, आँबुखैरेनी चक्रपथ स्तरोन्नतीका लागि रु २८ लाख बजेट विनियोजन भएको छ ।