७१ विस्थापित परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ७१ विस्थापित परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार

    तनहुँ/असार २८ र २९ गतेको बाढी पहिराबाट विस्थापित भएका तनहुँको म्याग्दे गाउँपालिकाका स्थानीयवासीलाई गाउँपालिकाले राहत वितरण गरेको छ । बाढी पहिराले घर भत्किएपछि विस्थापित भएका ७१ परिवारलाई गाउँपालिकाले शनिबार राहत वितरण गरेको हो ।

    म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ ।

    “म्याग्दे गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौ ।” ढी पहिराबाट विस्थापित भएका घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने क्रममा पहिलो चरणमा ७१ परिवारलाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नागिलाका अनुसार अन्य जोखिममा रहेका वासिन्दालाई पनि वडाबाट प्राप्त हुने विवरणका आधारमा राहत वितरण गरिनेछ ।