तनहुँमा बक्सिङ सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा बक्सिङ सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, सोमबार

    तनहुँ/ तनहुँ जिल्लामा बक्सिङ सङ्घ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँका कार्यालय प्रमुख शिवहरि पण्डितको रोहवरमा जिल्लामा रहेका बक्सिङ खेलाडीहरुको सोमबार सम्पन्न भेलाले बसन्त आलेको अध्यक्षतामा सङ्घ गठन गरिएको हो ।
    सङ्घको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा रामबहादुर बलकोटी, कोषाध्यक्षमा रामचन्द्र पौडेल र सदस्यहरुमा राजुराम श्रेष्ठ, तार्जन बगाले, राजु थापा र निर्मला भुजेल श्रेष्ठ चयन हुनुभएको छ ।
    सङ्घको सोमबार नै बसेको बैठकले कोभिड–१९ को महामारीको अवस्थामा सहजता आएपछि जिल्लाभित्रका बक्सिङ खेलाडीहरुलाई सहभागितामा बक्सिङ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
    उक्त भेलामा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पण्डित र जिल्ला फुटबल सङ्घ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।