आफ्नैलाई सिध्याएर पार्टी बलियो हुँदैन ः भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    आफ्नैलाई सिध्याएर पार्टी बलियो हुँदैन ः भण्डारी

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७७, मंगलवार

    तनहुँ/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आफ्नै नेता तथा कार्यकर्तालाई सिध्याएर पार्टी बलियो नहुने बताउनुभएको छ । ३८ औ बिपी स्मृति दिवसको अवसरमा व्यास नगर समितिले मङ्गलबार व्यास नगरपालिका–५ पाटनमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कोठा कोठामा बैठक बसेर आफ्नैलाई सिध्याउने खेल खेलिएको भन्दै त्यसले समग्र पार्टीलाई क्षति पुग्ने बताउनुभयो ।

    “हामीहरु कोठे चिन्तनले ग्रसित बन्नुहुँदैन, आफैभित्रको साथीलाई चुनौतीको रुपमा देखेर पार्टी बलियो हुँदैन,” भण्डारीले भन्नुभयो, “सबैले आ–आफ्नो कमजोरी स्वीकारौ, म नेपाली काङ्ग्रेसमा तनहुँमा पछिल्लो पुस्ताको व्यक्ति हूँ, मलाई केही लोभ छैन ।”

    भण्डारीले आफ्नैभित्रको लडाइँका कारण तनहुँमा काङ्ग्रेस नराम्रोसँग पराजित हुनुपरेको स्मरण गर्दै यस्तै रहिरहने हो भने काङ्ग्रेसको अस्तित्व नै खतरामा पर्ने चेतावनी दिनुभयो । “अझै समय छ, हामी सुध्रन जरुरी छ, बुद्धि पु¥याइएन भने काङ्ग्रेसको अस्तित्व के हुन्छ ? त्यसतर्फ सोचौ,” भण्डारीले भन्नुभयो ।