तनहुँमा सार्वजनिक यातायात सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सार्वजनिक यातायात सुचारु

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    तनहुँ/कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायात बिहीबारदेखि तनहुँमा सञ्चालन गरिएको छ । तनहुँ व्यासभूमि यातायात प्रालिले बिहीबार जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

    सरकारले तोकेको सम्पूर्ण सुरक्षा नीति अपनाई सवारी सञ्चालन गर्ने निर्णय गरिएको प्रालिका कार्यालय प्रमुख श्रीभद्र कंडेलले जानकारी दिनुभयो । यातायात सञ्चालन गर्दा चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, चालक र सहचालकले अनिवार्य पञ्जा लगाउने, सवारीमा स्यानीटाइजरको अनिवार्य व्यवस्था गर्ने र सामाजिक दूरी कम्तिमा एक मिटर कायम गर्न लगाइएको छ ।

    प्रालिमा साना ठूला गरी १ सय ३७ सवारी साधन दर्ता छन् । “सबैलाई यातायात सञ्चालन गर्न परिपत्र गरेका छौ,” कंडेलले भन्नुभयो, “सम्पूर्ण सुरक्षा नीति अपनाउन आग्रह गरेका छौ ।” ठूला बस आजदेखि सञ्चालन गर्ने निर्णय गरिएपनि साना सवारी साधन भने केही दिन अगाडीदेखि नै सञ्चालनमा आएका थिए । साना सवारी साधनले गल्वुवेशी, चापाघाट, भादगाउँ लगायतका ठाउँमा सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।