युवतीलाई एसिड हान्ने दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युवतीलाई एसिड हान्ने दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७७, शुक्रबार

    काठमाडौ/सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

    उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन्।

    घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।

    प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

    अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेका थिए।