रोनाल्डोको युभेन्टस पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोनाल्डोको युभेन्टस पराजित

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शुक्रबार

    काठमाडौ/उडिनेजेसँग पराजित भएपछि तीन खेलअघि सिजनको इटालियन सिरि एको उपाधि जित्ने मौका युभेन्ट्सले गुमाएको छ।

    युभेन्ट्सलाई बिहीबार राति भएको खेलमा उडिनेजेले २-१ गोलले पराजित गरेको हो। खेलमा अग्रता भने युभेन्ट्सले लियो। उसका लागि डि लिटले ४२ मिनेटमा गोल गरेका थिए।

    उडिनेजेका लागि नेस्ट्रोरोभ्सीले ५२ मिनेटमा बराबरी गोल फर्काए। फाफोनाले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेपछि उडिनेजेले युभेन्ट्सलाई २-१ ले हरायो।

    लिगमा ३५ खेल खेलेको युभेन्ट्सको ८० अंक छ। दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ भने तेस्रो स्थानको इन्टर मिलानको ७३ र चौथो स्थानको लाजियोको ७२ अंक छ।

    अब युभेन्ट्सले आइतबार साम्पडोरियालाई पराजित गरे लिगको उपाधि जित्नेछ। यस्तै उसका अरु प्रतिद्वन्द्वी पराजित भए पनि युभेन्ट्सको दुई खेलअघि उपाधि जित्ने सम्भावना हुनेछ।