साना सवारी साधन सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साना सवारी साधन सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७७, शुक्रबार

    तनहुँ/ बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना सवारी साधन सञ्चालनमा आएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारी साधन निकालेपछि साना सवारी साधन आवतजावत हुन थालेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारी साधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिनुभयो । “वैकल्पिक मार्ग हिलाम्य भएकाले ठूला सवारी साधन फसेर बाटो अवरुद्ध भएको थियो, त्यसलाई हटाएपछि अहिले साना सवारी साधन सञ्चालनमा आएको छ,” उहाँले भन्नुभयो, “ठूला सवारी साधन अझै सञ्चालन हुन सक्ने अवस्था छैन ।”

    उक्त मार्ग मर्मत गर्नका लागि शुक्रबार र शनिबार ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ । उक्त ठाउँमा एक ठाउँबाट जाने र अर्को ठाउँबाट आउन मिल्ने गरी सडक मर्मतको काम शुरु गरिएको छ । प्रहरीका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालवाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

    तस्वीर : प्रकाश अधिकारी

    निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाई हुँदै आएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भासिएर वैकल्पिक मार्ग बनाइएपनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिनुभयो । “वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो,” उहाँले भन्नुभयो