श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    तनहुँ/तनहुँ उद्याेग वाणिज्य सङ्घका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठले नेपाल उद्याेग वाणिज्य महासङ्घकाे केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएकाे छ । महासङ्घकाे निर्वाचन नजिकिदै गएपछि श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएकाे हाे । श्रेष्ठ महासङ्घकाे वर्तमान कार्यसमितिमा समेत केन्द्रीय सदस्य हुनुहुन्छ ।

    तनहुँ जिल्लाकाे प्रतिनिधित्व गर्दै आफूले महासङ्घकाे केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेकाे श्रेष्ठले बताउनुभयाे । व्यावसायिक हकहित आफ्नाे उम्मेदवारीकाे उद्धेश्य रहेकाे श्रेष्ठकाे भनाई छ । दमाैलीमा रहेकाे गण्डकी हार्डवेयरका प्राेपाइटर समेत रहनुभएका श्रेष्ठ तनहुँ जिल्लाकै प्रतिष्ठित व्यापारी हुनुहुन्छ ।

    श्रेष्ठलाई तनहुँ उद्योग वाणिज्य सङ्घले केन्द्रीय सदस्यमा विजयी गराउन भूमिका खेल्ने भएको छ । सङ्घका महासचिव इमकुमार मल्लले श्रेष्ठलाई केन्द्रीय सदस्यमा विजयी गराउन पहल गरिने बताउनुभयाे ।