तनहुँ/पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नाहालमा भासिएकाे सडक मर्मतका लागि नेपाली सेनाले सहयाेग पुर्याएकाे छ । साउन ६ गते भासिएकाे सडक मर्मतका लागि शनिबारदेखि काम भइरहेकाे छ ।
वैकल्पिक मार्ग बनाएर सवारी साधन सञ्चालन गर्ने प्रयास गरिएपनि वैकल्पिक मार्गमै सवारी साधन फसेर राजमार्ग अवरुद्ध हुन थालेपछि शनिबार बिहानैदेखि सडक मर्मतकाे काम भइरहेकाे छ । सडक मर्मतका लागि नेपाली सेनाले ग्याविन जाली भर्ने लगायतका काममा श्रमदान गरिरहेका छन् । नेपाली सेनाले जिल्लाका विभिन्न ठाउँमा केही दिन अगाडी आएकाे बाढी पहिराेबाट पीडित भएकाकाे खाेज, उद्धारमा समेत सहयाेग पुर्याएकाे थियाे ।
केही तस्वीर –