एमबाप्पेले किन नपाउने भए च्याम्पियन्स लिग क्वाटरफाइनल खेल्न ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एमबाप्पेले किन नपाउने भए च्याम्पियन्स लिग क्वाटरफाइनल खेल्न ?

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, मंगलवार

    काठमाडाै । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् ।

    फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट एटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए । जसले गर्दा एमबाप्पे थोरै समय मात्र मैदानमा बिताउन पाए । नेमारको एक मात्र गोल मद्दतमा पिएसजीले उक्त खेल जित्दै उपाधि जितेको थियो ।

    एमबाप्पेको चोट निको हुन कम्तीमा ३ साता लाग्ने बताइएको छ । तर, पीएसजी सेमिफाइनलमा पुगे अगष्ट १८ मा हुने खेलका लागि एमबाप्पे मैदान फर्कन सक्ने बताइएको छ । यस सिजनको च्याम्पियन्स लिग फाइनल पोर्चुगलको लिस्बनमा अगष्ट २३ मा हुनेछ । कोरोनाभाइरस महामारीले गर्दा यस पटक क्वाटरफाइनलदेखि सिंगल लेग खल मात्र हुनेछ भने क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल लिस्वनमै खेलाइनेछ । महामारीले गर्दा यस सिजनको च्याम्पियन्स लिगका खेलहरु केही ढिला हुन लागेको हो ।