गण्डकीमा थपिए ५ जना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ५ जना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ / गण्डकी प्रदेशमा थप ५ जनालाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङजाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष र म्याग्दीको मालीका गाउँपालिका ३४ वर्षीय पुरुष र अन्नपुर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टी भएको हो ।

    उनीहरुको स्वाब क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको थियो । सङ्क्रमित  सबैलाई आईसोलेशनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले बताउनुभयो । यो संगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ ।