सपथ लिएपछि सदस्य सचिव सिलवालले भने : अधुरा काम पूरा गर्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सपथ लिएपछि सदस्य सचिव सिलवालले भने : अधुरा काम पूरा गर्छु

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    काठमाडाै । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । सोमबार मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उहाँहरुले बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा  मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग सपथ लिनुभएकाे हाे ।

    सपथअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दुवै जनालाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे थियाे  । सिलवाल दाेस्रो पटक राखेपको सदस्य सचिव नियुक्त हुनुभएकाे हाे । २०७६ साल असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव बन्नुभएका सिलवाल नयाँ ऐन कार्यान्वयनमा आएपछि असार १७ गते पदमुक्त हुनुभएकाे थियाे ।  अहिले नयाँ खेलकुद ऐनअनुसार ४ वर्षका लागि नियुक्त हुनुभएकाे छ ।

    सपथ लिएपछि सदस्य सचिव सिलवालले अबकाे ४ वर्षमा आफूले विगतमा गर्न बाँकी रहेकाे कामलाई पूर्णता दिने बताउनुभयाे । खेलकुदलाई ठीक दिशामा लैजान इमानदार र कर्तव्यनिष्ठ  भएर भूमिका निर्वाह गर्ने पनि उनले प्रतिवद्धता जनाउनुभयाे ।