पहिराको जोखिममा रहेकालाई स्थानान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पहिराको जोखिममा रहेकालाई स्थानान्तरण

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बिहीबार

    तनहुँ । पहिराको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिराले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ६ घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो ।

    हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले ६ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । “पहिराको जोखिम नरहेको ठाउँमा जग्गा खरिद गरी परिवारलाई स्थानान्तरण गर्न लागेका छौ,” उहाँले भन्नुभयो । जग्गा गाउँपालिकाले खरिद गरिदिएपनि घर भने सम्बन्धित व्यक्तिले नै बनाउनुपर्नेछ । “विस्थापित परिवारलाई सरकारले घर बनाउन केही रकम दिने कुरा छ, गाउँपालिकाले पनि के गर्न सक्छ त्यसमा छलफल गर्छौ,” दरैले भन्नुभयो ।

    असार २९ गते पहिराले घर पुरिएर आम्बबहादुर थापाका दुई छोरा बुहारी र एक नातिनी गरी पाँच जनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।