सरकारी कार्यालयका निर्णय तीन/तीन महिनामा सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारी कार्यालयका निर्णय तीन/तीन महिनामा सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, शुक्रबार

    तनहुँ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सरकारी कार्यालयले गर्ने निर्णय तीन/तीन महिनामा सार्वजनिक गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । केही दिन अगाडी मात्रै सरुवा भइ आउनुभएका प्रजिअ आचार्यले सञ्चारकर्मीसँगको भेटघाटमा सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    हरेक सरकारी कार्यालय र संस्थानमा सुचना अधिकारी तोक्न लगाउने र हरेक महिनाको ३ गते सूचना अधिकारीसँग बैठक आयोजना गरि सो को निर्णय प्रवाह गर्न र सरकारी कार्यालयबाट प्रवाह भएका सेवाहरुको प्रगति बारे हरेक तीन/तीन महिनामा सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रजिअ आचार्यले बताउनुभयो । सूचना नागरिकको अधिकारको विषय भएको हुँदा त्यसको कार्यान्वयन भएमा मात्र नागरिक सुसुचित हुने बारेमा आफू जानकार रहेको उहॉको भनाई थियो ।