तनहुँ । तनहुँको व्यास नगरपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यासका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
शुक्रबार तनहुँ सहित म्याग्दी र कास्कीमा पनि कोरोना सङ्क्रमित थपिएका छन् । म्याग्दीका २ र कास्कीका ३ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८५ पुगेको छ ।