प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७७, शुक्रबार

    काठमाडाै । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

    बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयाे । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना सङ्क्रमित छन् ।