नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, शुक्रबार

    काठमाडाै । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्युसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको शुक्रबार मृत्यु भएको पुष्टी भएको छ ।

    कोरोना कै लक्षण्का कारण गम्भीर अवस्थमा पुगेकी ती महिलाको आइसियूमा उपचाररत भैरहेको थियाे । उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ । गत साउन ६ गते अस्पताल भर्ना गरिएको ती मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।

    बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना सङ्क्रमितकाे मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ।