तनहुँ । तनहुँको व्यास नगरपालिका–३ पराशर टोलमा मङ्गलबार राति ११ः४५ बजे घरबाहिर रोकिराखेको मोटरसाइकल आगजनी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ मस्जिदटोलमा बस्ने १८ वर्षीय सोनु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पराशर टोलका सन्तोष पौडेलको ग ६ प ९७१४ नं को मोटरसाइकलमा आगजनी गरेर फरार रहेका नेपालीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका नेपाली विरुद्ध आज जिल्ला अदालत तनहुँबाट आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
नेपालीले मङ्गलबार राति घरबाहिर रोकिराखेको मोटरसाइकल आगजनी गरेर भागेका थिए । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । फरार व्यक्तिको सुक्ष्म रुपमा अनुसन्धान गरी प्राप्त हुलियाको आधारमा प्रहरीले निजलाई खोजी गरेको थियो ।
साङ्केतिक तस्वीर