तनहुँ । तनहुँकाे म्याग्दे गाउँपालिका-१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएकाे सभाहल र खानेपानीकाे शुक्रबार उद्घाटन गरिएकाे छ । म्याग्दे गाउँपालिकाकाे सहयाेगमा निर्माण सम्पन्न भएकाे सभाहल र खानेपानीकाे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभयाे ।
साे अवसरमा गाउँपालिकाका अध्यक्ष रानाले गाउँपालिकाले उपलब्ध गराएकाेा रु १९ लाखबाट विद्यालयले आधुनिक सभाहल समयमै बनाउन सकेकामा खुशी व्यक्त गर्नुभयाे । साे क्रममा रानाले बाढीपहिराेले गाउँपालिकाका धेरै ठाउँमा क्षति पुर्याएकाले पीडितकाे तथ्याङ्क सङ्कलन गरि राहत वितरण गर्न शुरु गरिएकाले काेहि छुटेको भए तत्कालै सम्बन्धित निकायमा सम्पर्क राख्न आग्रह गर्नुभयाे ।
यस वडाका बासिन्दाहरू जुनसुकै काममा पनि एकजुट भएर हातेमालो गर्दै लाग्ने गरेकाले जस्तोसुकै कामहरू पनि समयमै सम्पन्न हुँदै आएकामा रानाले खुशी व्यक्त गर्नुभयाे । जिप्सन, टायल, मार्वल, फाइल र्याक, पुस्तकालय टेवल, कम्प्युटर खरिद, कम्प्युटर टेवल र शुद्ध खानेपानी सहितको आकर्षक सभाहलले विद्यालयकाे रुप फेरिएकाे रानाकाे भनाई थियाे ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका विद्यालयमध्ये महेन्द्र माविले सबै क्षेत्रमा प्रगति हासिल गरेकाे बताउनुभयाे । विद्यालयलाई आवश्यक पर्ने सबै कुराहरूकाे लागि गाउँपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाई थियाे ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले विद्यालयले भाैतिक निर्माणसँगै अब गुणस्तरीय शिक्षा दिन लागिपर्नुपर्नेमा जाेड दिनुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका-१ का अध्यक्ष एवं प्रवक्ता शिवशरण वाग्ले, विद्यालयका प्रधानाध्यापक साेमबहादुर थापा, विनाेददत्त खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।