पहिरोमा परी एकै घरका चार जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७७, शुक्रबार

    गुल्मी । गुल्मीकाे रुरु गाउँपालिका-५ आँटीपाटामा पहिराेमा पहिरोमा पुरिएर शुक्रबार एकैघरका चार जनाको मृत्यु भएको छ। पहिरोले घर पुर्दा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो।

    घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुङ्गाले घर पुर्दा घरभित्र रहेकी बिना माझी, उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो। शुक्रबार राति आठ बजेतिर ढुङ्गा झरेर घरलाई च्यापेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । चारै जनाको शवलाई पहिरोबाट उद्धार गरी स्थानीय विद्यालयमा राखिएको छ।