तनहुँ । बालिकालाई अश्लिल फोटो पठाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भानु नगरपालिकाकी १३ वर्षीया बालिकालाई नक्कली फेसबुक आइडी बनाईअश्लिल फोटो तथा सन्देश पठाउने भानु नगरपालिका-८ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बालाजु बस्ने ३८ वर्षीय सविनराज मिश्रलाई प्रहरीको साइबरव्युरोले पक्राउ गरेको हो ।
मिश्रले बालिकाको अश्लिल तस्वीर तथा सन्देश बालिकाको दिदी र आफन्तलाई पठाएको भन्ने निवेदन तथा सूचनाको आधारमा मिश्रलाई काठमाडौबाट पक्राउगरिएको व्युरोका प्रहरी वरिष्ठ उपरिक्षक नविन अर्यालले जानकारी दिनुभयो ।
पक्राउ परेका विरुद्ध काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मिश्र यस अगाडी पनि विद्युतीयकारोवार ऐन २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौबाट रु एक लाख धरौटीमा छुटेको व्यक्ति भएको खुलेको छ ।