ओली-प्रचण्ड छलफल, निस्किएन निकास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    ओली-प्रचण्ड छलफल, निस्किएन निकास

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान ९. ५५ बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

    छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी रहेको स्रोतले जनायो ।बैठकमा पनि कुनै सहमति हुन नसकेको र छलफललाई निरन्तर राख्ने विषयमा भने दुवै अध्यक्ष सहमत भएको स्रोतले बतायो।

    असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन ।